Search

सृजनात्मक संसार

बिपिन तिवारी



जसरी फुलले,

कोपिलाबाट फक्रेर,

फुल्नु र झुल्नु सिकेको ।।

घामले,

लालिमा चढेर,

झुल्किनु र अस्ताउनु सिकेको ।।

माकुराले,

आँकुरा र टाँकुरामा,

जसरी जाल बुन्नु,

सिकेको र सकेको ।।

गुढ र गढको,

रचनात्मक शैली,

सोचमग्न साँघु,

अल्झी र उल्झी,

लोलाइ रहेको हुन्छ / हुनेछ ।।

वातावरणीय,

सृजनात्मक संसारमा,

भुल्नु र झुल्नुलाई,

अल्झी रहनुछ,

अल्झी रहनुछ,

सृजनात्मक संसार ।।


::x::x::x::


Poet Bipin Tiwari

lives in Sikkim


[Disclaimer: The opinions expressed in our Blog are those of the author(s) / poet(s) and do not necessarily reflect the opinions of the Publisher.]

35 views